कैलाली – जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २७ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा श्रीमती अमृता चौधरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको हो । हत्या गरेको आशंका मृतक चौधरीकी श्रीमतीसहित ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए ।




प्रतिक्रिया