कैलाली – अवैध लागूऔषध ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका-८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका-१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेका छन् ।
धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पाञ्लीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
होटलमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेर उनीहरुलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।




प्रतिक्रिया