काठमाडौं – सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी कोरोना भाइरसबाट संक्रमित ५२ वर्षीया पाना बिक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी उनी सञ्चो भएर घर फर्किने कोरोना भाइरसबाट संक्रमित चौथौ व्यक्ति हुन् ।
आज साँझ साढे पाँच बजे सेती प्रादेशिक अस्पतालले उनलाई सञ्चो भएपछि डिस्चार्ज गरेको हो ।
चैत १७ गते ३५ जना सहित बिरगञ्ज बसबाट कैलालीको लम्कीस्थित घर आईपुगेकी ति महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि बैशाख १ गते देखि सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी थिईन ।
सेती प्रादेशिक अस्पतालमा अव एक जना संक्रमित मात्र उपचारमा छिन् ।




प्रतिक्रिया