हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते, १ सय ८५ घर भत्किए

हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते, १ सय ८५ घर भत्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – बिहीबार साँझ आएको हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते भएका छन् । हावाहुरीका कारण सबैभन्दा बढी भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, घाइते मध्ये सात जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ भने बाँकी घाइते उपचारपछि घर फर्किएका छन् । हावाहुरीका कारण एक सय ८५ वटा घर भत्किएका छन् भने दुई वटा विद्यालयमा क्षति पुगेको छ ।

हावाहुरीबाट भएको क्षतिको तथ्यांक संकलनको काम भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए । उनका अनुसार, मानवीय क्षति नभए पनि हावाहुरीले खर तथा जस्ताका छाना भएका अधिकांश घरका छाना उडाएको छ ।

हावाहुरीका कारण घर भत्किँदा बेदकोट नगरपालिकामा एकै परिवारका पाँच जना घाइते भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताए ।

बिहीबार साँझ आएको भीषण हावाहुरीको कारण रुख तथा पोल ढलेपछि विद्युत सेवा र इन्टरनेट सेवा पनि अबरुद्ध भएको छ ।