कैलाली–कञ्चनपुरमा विद्युत् सूचारु गर्न उर्जामन्त्री पुन सक्रिय


काठमाडौं  – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कैलाली–कञ्चनपुरमा आएको हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सूचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।

कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीले ठूलो क्षति गर्दा समेत संघीय सरकारले कुनै प्रतिक्रिया र राहतको सुनुवाइ नगरेको भन्दै राष्ट्रियसभा सदस्यहरुले मन्त्री पुनलाई भेटेर असन्तुष्टि व्यक्त गरेपछि मन्त्री पुनले विद्युत् सेवा सूचारु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री पुनले तत्कालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई अवरुद्ध विद्युत् सेवा सूचारु गन आवश्यक बन्दोबस्त मिलाउन निर्देशन दिए ।

मन्त्री पुनको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले विद्युतका क्षेत्रीय प्रबन्धकसँग छलफल गरेर आवश्यक प्रबन्ध मिलाउने बताए ।

जनशक्ति अभावमा कारण मगर्न समस्या भइरहेको भए दैनिक ज्यालादारीमा थप कर्मचारी भर्ना गरेर भएपनि यथाशीघ्र विद्युत् सेवा सूचारु हुने मन्त्री पुनले प्रतिवद्धता जनाए । हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सूचारु गर्न माग गर्दै राष्ट्रिय सभा सदस्यहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन लाई भेटेर यथाशीघ्र विद्युत् सूचारु हुने व्यवस्था मिलाउन माग गरेका थिए ।

धेरै दिनदेखि विद्युत् अवरुद्ध हुँदा कैलाली–कञ्चनपुरमा खानेपानीको अभाव देखि विभिन्न समस्या देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement