कैलाली कारागारमा झडप : छानबिन समिति गठन

कैलाली कारागारमा झडप : छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् । त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेका छन् । छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको छ ।

गए राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । एक जनाको आइसियुमा उपचार भइरहेको छ ।