कैलालीमा पुष्करनाथ ओझालाई सघाउने भन्दै कांग्रेस नेता रेग्मीद्धारा पार्टी परित्याग

कैलालीमा पुष्करनाथ ओझालाई सघाउने भन्दै कांग्रेस नेता रेग्मीद्धारा पार्टी परित्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेपाली कांग्रेसको कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का ले पार्टी परित्याग गरेका छन् । पार्टीको आधिकारीक उम्मेदवारको सट्टा स्वतन्त्रको प्रचारमा लागेको भन्दै कैलाली जिल्ला पार्टीले स्पष्टीकरण लिएपछी रेग्मीले पार्टी परित्याग गर्ने निर्णय गरेका हुन ।

रेग्मी कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन । उनले नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार डिल्लीराज पन्तलाई भोट नमागेर स्वतन्त्रबाट उम्मेदवार रहेका पुष्करनाथ ओझालाई मत मागेको भन्दै उनलाई पार्टी सभापति नारायणदत्त भट्टले स्पष्टीकरण सोधेको थिए ।

उनलाई स्वतन्त्र उम्मेदवारको पक्षमा वकालत गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । जवाफमा उनले भट्टलाई ५ बुदे जवाफ फर्काउदै आफु स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

उनले स्पष्टीकरणमा भनेका छन् ‘२०४५ सालदेखि नेविसंघको सदस्य हुँदै थालिएको यात्रा आज २०७९ साल कार्तिक २० गतेका दिन नेकाको सदस्यता त्याग गरि स्वतन्त्र नागरिक भएको कुरा यहाँलाई यसै पत्रमार्फत जानकारी गराउँछु । ’

कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमुनी राना, कांग्रेसका पन्त र स्वतन्त्र उम्मदेवार ओझाबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार ओझा र रानाबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण हुन थालेको छ ।