कैलाली – कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूले पछि वडा नं. ८ कृष्णनगरमा डर, त्रास देखाइ, धम्की दिई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको भजनी नगरपालिकामा मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको थियो ।
बलात्कारको आरोपमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी पक्राउ परेका छन् ।
उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।
यसअघि मंगलबार नै कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि एक युवतीमाथि चार जनाले सामूहिक बलात्कार गरेका थिए ।




प्रतिक्रिया