कैलालीका युवाले १६ दिनमै जिते कोरोना, अस्पतालबाट डिस्चार्ज हुने

कैलालीका युवाले १६ दिनमै जिते कोरोना, अस्पतालबाट डिस्चार्ज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी — कैलालीका कोरोना संक्रमित युवा उपचारपछि डिस्चार्ज हुने भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका कोरोना संक्रमित युवालाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनी कोरोना देखिएको १६ दिनमै डिस्चार्ज हुने भएका हुन् । उनका दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज दिइनेछ ।