कैलाली – कैलालीको जानकी गाउँ पालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।
शनिबार विहान घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिँदा अन्य दुई जना भने घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया