सहकारी ठगीको मुद्दा विषयान्तर गर्न मविरुद्ध पक्राउ पुर्जी जारी गरियो : अध्यक्ष सिरोहिया

सहकारी ठगीको मुद्दा विषयान्तर गर्न मविरुद्ध पक्राउ पुर्जी जारी गरियो : अध्यक्ष सिरोहिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीको मुद्दालाई विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका छन् ।

नागरिकता सम्बन्धी विषयमा पक्राउ पुर्जी जारी भएपछि मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहियाले सहकारी ठगी सम्बन्धी समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न आफूविरूद्ध उजुरी गर्न लगाएर सोधपुछ समेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनीविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पछि नहट्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’

अध्यक्ष सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी