पक्राउ गर्न खोजिएपछि सर्वाेच्च अदालतको शरणमा पुगे कान्तिपुरका अध्यक्ष सिरोहिया

पक्राउ गर्न खोजिएपछि सर्वाेच्च अदालतको शरणमा पुगे कान्तिपुरका अध्यक्ष सिरोहिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिकता छानबिनको विषयमा पक्राउ गर्न खोजिएपछि कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया सर्वाेच्च अदालतको शरणमा पुगेका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार जारी गरेको पक्राउ पुर्जीविरुद्ध सिरोहियाले सर्वाेच्चमा रिट निवेदन दिएका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएर अनुसन्धानको क्रममा छ । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेकोमा पक्राउबाट जोगिन सिरोहिया सर्वाेच्च पुगेका छन् ।

सर्वोच्चमा रिट दायर गरी कारण देखाऊ आदेश समेत जारी भएको अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा निवेदनमा गरिएको छ । रिटमा पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेशमार्फत रोकिनुपर्ने माग गरिएको छ ।