काठमाण्डु- कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको दुईवटा पासपोर्ट रहेको बताएका छन् ।
मंगलवार कार्यकक्षबाट पक्राउ गरिएपछि उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताएका हुन्। लामिछानेमा नवअधिनायकवाद देखिएको उनको टिप्पणी छ । उनले गृहमन्त्रीलाई दुईवटा पासपोर्टको विषयमा भोलि नै पक्राउ पूर्जी जारी हुने विश्वास पनि व्यक्त गरे।
‘गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ। नवअधिनायकवाद देखिएको छ। कार्यकक्षबाट गिरफ्तार गरिएको छ। अन्तिमसम्म लड्छु,’ उनले भने। सिरोहियाले आफूलाई नागरिकताको विषयमा नभएर सहकारीको बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको पनि बताए। सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
आफ्नो गिरफ्तारीलाई उनले प्रेस स्वतन्त्रतामाथिको कुठाराघातको संज्ञा पनि दिए । ‘यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, म अन्तिमसम्म लड्छु’, सिरोहियाले भने ।




प्रतिक्रिया