काठमाण्डु- चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाण्डु आइपुगेका हुन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।
बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो ।
आज काठमाण्डु आइपुगेका उनले पत्रकार सम्मेलन गरेर भ्रमणको जानकारी गराएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठ चिन भ्रमणका बेला भएका उपलब्धिहरुलाई ८ बुँदामा समेटेका छन् ।
जसअनुसार उनले आफ्नो चीन भ्रमण सफल रहेको बताउँदै सकारात्मक परिणाम आउने दावी गरे । उनले नेपाल चीनबीच भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरुको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दबै पक्ष सहमत भएका बताए ।
यी हुन् परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणको बेला भएका ८ उपलब्धिहरु





प्रतिक्रिया