काँकडभिट्टा र भद्रपुर नाका सिल गरियो

काँकडभिट्टा र भद्रपुर नाका सिल गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल–भारत सीमास्थित काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ । भारतको पश्चिम बंगालमा हुने निर्वाचनलाई मध्यनजर गर्दै पूर्वी दुई नाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिएको हो ।

पश्चिम बंगालमा यही वैशाख ४ गते राज्यसभाको निर्वाचन हुँदैछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि काँकडभिट्टा र भद्रपुर सीमा नाका सिल गरिएको बताए ।

ती दुई नाकामा यातायातका साधन तथा मानिसहरुलाई आवतजावतमा गर्न पूर्णरुपमा रोक लगाइएको छ ।