तस्वीरमा हेरौं कलाकारको ‘भाइटीका’


काठमाण्डु – यमपञ्चकको पाँचौँ दिन आज घर घरमा भाइटीका मनाउने क्रम जारी छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।

यसैक्रममा नेपाली कलाकारहरूले पनि भाइटीका लगाएर तिहार मनाएका छन् । अभिनेत्री रेखा थापा, ऋचा शर्मा, केकी अधिकारी, दिपाश्रीनिरौला, प्रमोद खरेल, गायिका भूमिका गिरीलगायत विभिन्न कलाकारले टीका र माला ग्रहण पश्चात् तस्वीर सार्वजनिक गरेका छन्।

May be an image of 2 people, people standing and indoor

प्रतिक्रिया दिनुहोस
Advertisement