कला र मनोरञ्जन समाचार

कलाकार संघको अध्यक्षमा खड्काको प्यानल विजयी

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् ।

dish home

शनिबार सम्पन्न भएको निर्वाचनमा प्रतिस्पर्धी कलाकार सरिता लामिछानेलाई ५७ मत अन्तरले पछि पार्दै खड्का विजयी भएका हुन् । उनले २१८ मत प्राप्त गरका थिए भने प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् ।

यस्तै उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । संघको १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top