काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ।
भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो। पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत ती युवाले श्रमदान गर्नेछन्।
पार्टीका शीर्ष नेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
फरक प्रसङ्गमा नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्ने उनले बताए।




प्रतिक्रिया