कलंकी-महाराजगन्ज चक्रपथ पनि चाँडै आठ लेनको बन्दै

कलंकी-महाराजगन्ज चक्रपथ पनि चाँडै आठ लेनको बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज खण्ड पनि चाँडै आठ लेनको बन्ने भएको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्डको विस्तृत इन्जिनियरिङ डिजाइनको काम भइरहेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । पहिलो चरणमा कलंकी-कोटेश्वर खण्ड यसअघि नै आठ लेनको बनिसकेको छ ।

कुल २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको दोस्रो चरणमा ८ दशमलव २ किलोमिटर सडक विस्तार तथा सुधार गरिनेछ । प्राविधिक तयारीअन्तर्गत डिजाइनको काम चिनियाँ टोलीले तयार गरिरहेको आयोजना प्रमुख रिमालले जानकारी दिए । विस्तारपछि सडक ५० मिटर चौडाइ भएको आठ लेनको हुनेछ । अहिले कलंकी–कोटेश्वरबाहेकका स्थानमा चार लेनको सडक छ ।

चिनियाँ प्राविधिक टोलीले तयार गरेको इन्जिनियरिङ डिजाइन प्रतिवेदन सडक विभागलाई बुझाउनेछ । त्यसपछि नेपाली प्राविधिकले आवश्यक सुधार गरी अन्तिम रूप दिनेछन् । अझै चिनियाँ टोलीले प्रतिवेदन बुझाउन बाँकी रहेकाले कहिलेसम्म इन्जिनियरिङ डिजाइनले तयार हुने स्पष्ट नभएको काठमाडौं चक्रपथ आयोजनाका अधिकारीहरूको भनाइ छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।