कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना घाइते

कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदल यात्री घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत कलंकीको भ्यानले सडकमा हिडिरहेका दुई जनालाई ठक्कर दिँदा एक महिला र एक पुरुष गम्भीर घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृतले दिएको जानकारीअनुसार २३ वर्षीय बिबेक बस्नेत र ३४ वर्षीया दिया श्रेष्ठ गम्भी घाइते भएका हुन् । उनीहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।