कालापानीबारे संसदीय समितिको चासो, छलफलका लागि प्रधानमन्त्रीलाई बोलायो

कालापानीबारे संसदीय समितिको चासो, छलफलका लागि प्रधानमन्त्रीलाई बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग परेकोबारे चासो देखाएको छ । समितिले भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारको समिति बैठकमा बोलाएको समिति सचिवालयले जनाएको छ ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेपछि नेपालमा सर्वत्र विरोध भइरहेको बेला सांसदहरुले प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । तर, भारतले भने नेपाली भूमी भारतीय नक्सामा नपरेको दाबी गर्दै आएको छ ।

नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने जानकारी दिइन् ।