कालापानी सीमा विवादबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

कालापानी सीमा विवादबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले कालापानी क्षेत्रको सीमा विवादबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुर्‍याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको थियो ।

भारतले कालापानीलगायतका क्षेत्रमा सीमा अतिक्रण गरेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । भारतले सीमा मिचेको विरोध भएपछि चीनले कूटनीतिक पहलबाट विवाद समाधान गर्न भनेको छ । यता भारतले भने आफूहरुले सीमा नमिचेको दाबी गर्दै आइरहेको छ ।