रुपन्देहि – अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले कालापानी, लिपुलेखको विषयलाई लिएर हस्ताक्षर अभियान चलाएको छ ।
नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्रबिद्यार्थी सङ्गठनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध हस्ताक्षर अभियान बुटवल बहुमुखी क्याम्पसमा शुरु गरेको बुटबल बहुमुखि क्याम्पसका अध्यक्ष भरत अर्यालले बताए ।
भारतको बिस्तारवादी रवैयाको विरुद्धआज अनेरास्वियुले बिरोध जनाउदै जनदबाब दिनका निम्ति देशव्यापी कार्यक्रम गरेको अर्यालले बताए । हस्ताक्षर प्रत्येक क्याम्पसवाट सङ्कलनगरि अनेरास्ववियु केन्द्रले भारतिय राजदुतावासमा बुझाउनेछ ।
हस्ताक्षर कार्यक्रममा अनेरास्नीयू रुपन्देहि जिल्ला अध्यक्ष लेखनाथ खनाल, अखिल क्रन्तिकारी रुपन्देहि जिल्ला संयोजक रुपेस पौडेल, अनेरास्ववीयू जिल्ला कमिटी सह सचिव शेषकान्त पोखरेल, अनेरास्ववीयू जिल्ला कमिटि सदस्य नविन थापा सारु, जिल्ला कमिटि सदस्य भरत अर्याल, टेक राज रेग्मीलगायतले संयुक्त रुपमा हस्ताक्षर गरि अभियान सन्चालन गरेका हुन ।




प्रतिक्रिया