कालापानी हाम्रै हो, तत्काल समस्या समाधान गरौं : नेकपा

कालापानी हाम्रै हो, तत्काल समस्या समाधान गरौं : नेकपा


काठमाडौं – भारतसँगको सीमा समस्या तत्काल समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्देशन दिएको छ । भारतले नेपाली भूमी अतिक्रमण गरि आफ्नो नयाँ नक्सामा जारी गरेपछि भारतविरुद्ध सर्वत्र विरोध हुँदै आइरहेको बेला स्थायि कमिटी बैठकले सरकारलाई भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको हो ।

कालापानी नेपालकै भएको बताउँदै स्थायि समिति सदस्य भीम रावलले कालापानी समस्या समाधानको लागि सरकारले तत्काल भारतसँग वार्ता प्रक्रिया अघि बढाउनुपर्ने बताए । आइतबार स्थायी कमिटि बैठक सम्पन्न भएपछि पत्रकारसँग कुरा गर्दै स्थायी नेता रावलले एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको बताए ।

‘एमसीसीबारे स्पष्ट हुनुपर्छ, अमेरिकी सरकारले यो इन्डो प्यासेफिक स्टाटेजीको अंग भए नभएको बारे प्रष्ट गर्नुपर्छ’, नेता रावलले भने, ‘त्यसपछि प्रधानमन्त्रीसहित सचिवालयका सदस्यहरुले अन्तिम निर्णय गर्ने भन्ने निर्णय भएको हो ।’