कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । अदालतले नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको छ ।

नदीको पाकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम गर्न नपाईने आदेशमा उल्लेख छ ।

सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए ।

र यो पनि

कालीगण्डकी–तिनाउ डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर (पूर्णपाठ)

कालीगण्डकी–तिनाउ डाइभर्सन : केन्द्र र प्रदेश सरकारबीच टकराव, गण्डकी भन्छ– आयोजना रोक्छौं