पहिरोले कालीगण्डकी करिडोर ठप्प

पहिरोले कालीगण्डकी करिडोर ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको भारी वर्षाले पहिरो खस्दा करिडोर पूर्ण रूपमा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए। केही स्थानमा सडक भासिएको छ।