कालीकोटमा बम विष्फोट : दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते


काठमाण्डु – कालिकाेटमा बम विस्फाेट हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। कालिकाेटकाे तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फाेट हुँदा ४ वर्षीया झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

यस्तै बम विष्फोटमा परि सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएकाे उनले बताए । घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ,’ उनले भने,’ घाइते बालबालिकाको अवस्था गम्भीर नै छ।

घटना आज बिहान ८ बजेको हो। बच्चा खेल्न जाने क्रममा उनीहरूले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए। उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ। प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement