कालीमाटी तरकारी बजारमा मृत भेटिए दाहाल

कालीमाटी तरकारी बजारमा मृत भेटिए दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौँको कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएका हुन् ।

उनको टाउको र शरीरमा चोटपटक देखिएको छ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंले सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान अगाडि बढाएको छ ।

बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।