कालिमाटी तरकारी बजार आजदेखि बन्द

कालिमाटी तरकारी बजार आजदेखि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।मंगलबार कालिमाटी बजार विकास समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको हाे।

कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो। समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ। यसअघि भने बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो।