काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाएको छ ।
घुस बार्गे्निङ गरिरहेको अडियो टेप सार्वजनिक भएपछि सुदुरपश्चिम भ्रमणमा रहेका मन्त्री बाँस्कोटालाई बिहीवार अपराह्न काठमाडौं फर्किने क्रममा नेविसंघले कालोझण्डा देखाएको हो ।
नेपाली कांग्रेसले भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरिरहेको बेला नेविसंघले कालोझण्डा देखाएको महामन्त्री दिपक भट्टराईले बताए । नेविसंघका नेताहरू विष्णुहरि खड्का र अनिल खनालले मन्त्रीलाई कालोझण्डा देखाएका हुन् ।




प्रतिक्रिया