बोक्सोको आरोपमा नेकपाका वडाअध्यक्षलाई कालो मोसो दलियो

बोक्सोको आरोपमा नेकपाका वडाअध्यक्षलाई कालो मोसो दलियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्षलाई मोसो दलिएको छ । नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीयले मोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

उनलाई स्थनियले बोक्सोको आरोप लगाउँदै कालो मोसो र जुत्ताको माला लगाइदिएका वडाअध्यक्ष प्रजाले बताए । ‘पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे शनिबार भने उत्तमकुमार गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए,’ उनले भने, ‘उत्तमकुमार गुरूङका बुबाले दिसा पिसाब समेत खुवाउने भन्दै थिए, पछि मैले प्रतिकार गरें ।’

गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्रजाको भनाइ छ ।