१८ निर्माण कम्पनी परे कालाे सूचीमा

१८ निर्माण कम्पनी परे कालाे सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै १८ वटा निर्माण कम्पनीलाई कालाे सूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको हो ।

मुख्यव्यक्ति उमेश सिंह रहेको भाव्य कन्ट्रक्सन, पाल्हीनन्दन–२ तीन वर्षको लागि कालोसूचीमा परेको छ।

त्यसैगरी मुख्यव्यक्त रामचन्द्र गिरी रहेको आरसी कन्ट्रक्सन सुन्दर हरैचा– १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली दुईदुई वर्षको लागि कालो सूचीमा परेका छन्।