यी हुन् कालोसूचीमा पर्ने २० कम्पनी, तीन वर्षसम्म ठेक्का लिन नपाउने

यी हुन् कालोसूचीमा पर्ने २० कम्पनी, तीन वर्षसम्म ठेक्का लिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले सन्तोषजनक काम नगर्ने २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । मंगलबार प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगर्ने २० वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।

जसअनुसार कार्यालयले सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।