काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । आज काठमाण्डुको भृकुटिमण्डपमा उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि सबै भन्दा पहिला गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले यसभन्दा अघि नै पत्रकार सम्मेलनमार्फत आफू सभापति पदमा उम्मेदवारी दिने बताएका थिए । त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया