काठमाण्डु – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले डौँ बन्न लागेको नयाँ सरकारलाई सुझाव दिएका छन् ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई नेता गुरुङले पानीको संकटबाट उत्पन्न हुने १० वटा सुझाव दिएका छन् ।
उनले विश्व पानी दिवसको अवसरमा सरकारलाई विभिन्न सुझाव दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मार्फत् उनले सरकारलाई सुझाव दिँदै नयाँ सरकार र संसद्ले दीर्घकालमा तराइलाई मरुभूमि हुनबाट जोगाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘वातावरण तथा जलवायु परिवर्तनको असर दीर्घकालीन हुन्छ । वातावरण तथा जलवायु परिवर्तनको असर
विश्वव्यापी हुन्छ । यसको असरबाट सबै भूभागहरू जस्तै हिमाल, पहाड, तराई र समुन्द्र प्रभावित भएका हुन्छन् । ’
तराई क्षेत्रमा गर्नुपर्ने कामलाई लक्षित गर्नुपर्ने उनको सुझाव छ ।
यस्ता छन् गुरुङका १० सुझाव
१) हिन्दकुश हिमालय हिमश्रृखलाहरुमा हिउँ भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
२) हिमालयहरूमा हिउँ भएन भने र हिम नदीहरूको संरक्षण गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
३) पहाडमा वर्षा भएन भने र हरियाली भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
४) चुरेमा जङ्गल भएन भने, चुरेमा धेरै मात्रामा भूस्खलन भयो भने, चुरेमा घना बस्ती बस्यो भने, चुरेमा कङ्क्रिट र प्लास्टिकको प्रयोग हुने काम धेरै भयो भने र चुरेको संरक्षण भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
५) भावरमा घना बस्ती बस्यो भने, भावरमा पानीको मुहानहरू सुक्यो भने, भावरमा कङ्क्रिट र प्लास्टिकको कामहरू धेरै मात्रामा भयो भने र भावरमा पानीको रिचार्ज गर्ने माटोको पोखरीहरू निर्माण नगर्ने हो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
६) तराईमा डिप बोरिंगहरुको धेरै मात्रामा प्रयोग गरियो भने, तराईमा जङ्गलको विनाश भयो भने, तराईमा वृक्षारोपण गरेर हरियाली भएन भने, तराईमा पानीको रिचार्ज गर्ने पोखरीहरू निर्माण गरिएन भने र तराईमा जथाभाबी धेरै मात्रामा प्लास्टिकको प्रयोग गरियो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
७) तराईको नदी, खोला, नहरहरु, सिमसार क्षेत्रहरू, पोखरीहरू, कुवा, इनार र पानीको मुहानहरू लगायतका पानीको स्रोतहरूको संरक्षण र संबद्धन गरिएन भने र साथसाथै नदी र खोलाहरूको दुबै तर्फ बलियो र फराकिलो तटबन्ध गरिएन भने र बाढी नियन्त्रण गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
८) नदी र खोलाहरूको जथाभाबी अनियन्त्रित र अवैधानिक उत्खनन गरियो भने, नदी र खोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी र बालुवा निकालियो भने, नदी र खोलाहरुमा प्लास्टिक, केमिकल पदार्थ लगायतका फोहोरहरू जथाभाबी फालियो भने तथा नदी र खोलाहरूको किनारामा अनियन्त्रितरुपमा बस्तिहरु बस्न र भवनहरु निर्माण हुन थाल्यो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
९) तराईमा सतही सिँचाइ र खानेपानीको आयोजनाहरू सञ्चालन गर्न बजेट विनियोजन गरी काम सुरु गर्नु पर्छ । तराईमा सतही सिँचाइ र खानेपानीको आयोजनाहरू तत्काल सञ्चालन गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
१०) उद्योगहरूबाट निस्कने धुंवालाई कम गर्ने प्रविधिहरूको प्रयोग अनिवार्य गरिएन भने, उद्योगका केमिकल पदार्थहरू नदी र खोलामा बगाउनलाई अनिवार्यरुपमा रोकिएन भने र उद्योगका फोहोरहरूलाई नदी र खोलामा बगाउन तत्काल अनिवार्यरुपमा रोकिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।




प्रतिक्रिया