जेनजीहरूले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा

जेनजीहरूले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले जेनजीहरूले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित राप्रपा पार्टीको भेला तथा कार्यक्रममा उनले जेनजी युवाहरूले देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए ।

उनले भने, ‘राप्रपालाई किन भोट दिने भन्ने कुरामा म स्पष्ट पार्न चाहन्छु, यो चुनाव मध्यावधि चुनाव हो । यो चुनाव गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनको परिणाम हो । जेनजी युवाहरूले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए । जेनजी युवाहरूले उठाएको माग अधुरो रहेको छ । त्यो अधुरो चाहना र मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा हो ।’

स्वतन्त्र, स्वाभीमान नागरिक भएर हेर्ने हो भने भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक कांग्रेस र कम्युनिष्ट पार्टी भएको भन्दै जनताले यो सबैबाट मुक्ति खोजिरहेको उनले बताए । कांग्रेस र कम्युनिष्टको गलत नीतिले गर्दा देशमा संकट आएको भन्दै भ्रष्ट व्यवस्था र शासकका मूल संवाहकले देशलाई भ्रष्टाचारबाट मुक्त गराउन नसक्ने पनि उनको भनाई छ ।