काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
आज पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले ती मन्त्रालय आफै मार्फत राखेको जानकारी गराए । उनले केन्द्रमा नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रीलाई बर्खास्त गरिएको बताए ।




प्रतिक्रिया