भारतीय फिल्म सुपरस्टार कमल हसन राजनीतिमा उत्रिदै


काठमाडौं – दक्षिण भारतका फिल्म सुपरस्टार कमल हसन राजनीतिमा आउने भएका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले पूर्ण रुपले राजनीतिमा केन्द्रीत हुन फिल्मबाट सन्यास लिने खुलासा गरेका हुन् ।

फिल्म स्टारबाट नेता बन्न गइरहेका कमल हसनले तमिलनाडुका नागरिकहरुका लागि राजनीति गर्न लागेको बताएका छन् ।उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बताएका छन् । “यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा भने ।

थपु्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ ।
हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गर्नुभएको थियो । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ ।

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने गरेका छन् । झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement