संविधानसभा सदस्य कमला सुवेदीको निधन


काठमाडौं – तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ ।

दोस्रो संविधान सभामा समानुपातिकतर्फबाट सभासद बनेकी सुवेदीको उपचारका क्रममा शनिवार निधन भएको हो । ५० वर्षीया सुवेदीलाई ब्रेन ट्युमर भएको थियो ।

शनिवार विहान पशुपति आर्यघटमा उनको दाहसंस्कार गरिएको छ । रामेछाप मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement