कमल थापाले किन प्रधानमन्त्री गुहारे ?

कमल थापाले किन प्रधानमन्त्री गुहारे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलगायतका क्षेत्र भारतमा परेको देखिएकोले त्यसमा सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्, कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न नेपालका प्रधानमन्त्रीको ध्यान जाओस् ।’