अभियन्ता ईः को साथमा कमल थापा


काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन् । मंगलबार बिहान थापा राष्ट्रिय सभा गृह अगाडि पुगेर अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।

थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले जनाएका छन् ।

‘सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले आफ्नो प्लेकार्डमा लेखेका छन् ।

ेमंगलबार बिहान नै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ईः लाई भेट्न पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement