कालपानी र लिपुलेक नेपालको भूमि होः कमल थापा

कालपानी र लिपुलेक नेपालको भूमि होः कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का अध्यक्ष कमल थापाले नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन् ।

बिहीबार दाङको तुल्सिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कालपानी र लिपुलेक नेपालको भूमि भएको र यो अभिभाज्य रहेको बताए। उनले तुरुन्तै कूटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब पनि दिए ।

नेपालको भूमि कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले विदेशीको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने बताए । लाचारिपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने उनले ठोकुवा गरे ।

राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार विदेशी हस्तक्षेपसामू निरिह, लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कसैसँग सम्झौता नगर्ने दावी गरे ।

सरकार र भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थापाले विप्लव माओवादीलाई सरकारले वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘अब मुलुकले हत्या–हिंसाको चक्र सहन सक्दैन’, उनले भने, ‘नेकपाले यो पक्षलाई गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म, संस्कृति मासेर कुनै पनि मुलुकले प्रगति गर्न नसक्ने बताए । उनले धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्द्वतर्फ मुलुक जान सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष प्रेमबहादुर भण्डारी , महामन्त्री डा. धवलशमसेर राणा, प्रदेश ५ अध्यक्ष प्रदीप उदय, मिना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए ।