हिन्दुराष्ट्र र राजसंस्थाको बारेमा छलफल गर्न राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

हिन्दुराष्ट्र र राजसंस्थाको बारेमा छलफल गर्न राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् । थापाले आज दिउँसो  पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १  बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थल देखि निर्मल निवास सम्म भएको पूर्व राजाको स्वागत तथा भावी कार्यक्रमका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा नेपालले आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नको लागि समान बिचार र उद्देश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा  जोड दिदैँ आएको छ । यिनै विषयको पेरिफेरीमा रहेर बैठक बस्न लागेको महामन्त्री बर्तौलाले बताए ।