हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै थापाले संसद्मा दुईतिहाइ बहुमतका लागि सरकारलाई २ सिट कम रहेको उल्लेख गरेका छन् ।

उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका ५ सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।

थापाले लेखेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुन:स्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यसअघिदेखि नै संविधान संशोधनमार्फत देशलाई पुन: हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ ।