काठमाडौं – राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको सम्पत्तीमा नवमहाराजहरुले ब्रह्मलुट गरिरहेको भन्दै आक्रोश पोखेका छन् । नेपाल ट्रष्टको जग्गामा अनियमितता भएको भन्दै आलोचना भइरहेका बेला आइतबार आफ्नो फेसबुकमार्फत थापाले आक्रोश पोखेका हुन् ।
“राजाको सम्मति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसँग मिलेर परिवर्तनका संवाहक कथित नवमहाराजाहरुले ब्रम्हलुट गरिरहेका छन् । के यही हो परिवर्तन ?”, थापाले लेखेका छन्, “आमजनता पार्टीको रैतिभन्दामाथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई अवश्य कानुनको कठघरामा उभ्याउनेछन् ।”
थापाले आम जनता स्वाभिमानी नागरिक भएको दिन जनताले अपराधिलाई कानुनको कठघरामा उभ्याउने बताएका छन् ।




प्रतिक्रिया