काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने सस्तो लोकप्रियतावादी काम छोड्न सुझाव दिएका छन् ।
अध्यक्ष थापाले भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिने विषयमा गम्भीर गृहकार्यमा लाग्न मन्त्री सरकारलाई सुझाव दिएका छन् ।
‘नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस् । सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्, ’ उनले भनेका छन् ।
त्यस्तै अध्यक्ष थापाले काम नभएका मन्त्रीलाई कोरोनाको नियन्त्रणका लागि जिल्लागत रुपमा खटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
‘काम नभएका मन्त्रीजीहरुलाई कोभिड–१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्’, उनले भनेका छन् ।




प्रतिक्रिया