काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा छिमेकी देशका राजदूतको सक्रियता बढेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूतले सरकार ढाल्ने खेल खेलेको भन्दै दिएको अभिव्यक्ति खेद जनक रहेको बताएका हुन् ।
उनले भारतीय राजदूत सरकार ढाल्न सक्रिय भएको र चिनियाँ राजदूत सरकार जोगाउन सक्रिय भएको भन्दै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? भन्दै प्रश्न गरेका छन् ।
‘प्रम ओली भन्नुहुन्छ–सरकार गिराउन भारतीय राजदुत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?’, उनले भने, ‘राष्ट्रियता जोगाउन सक्छ ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।’
उनले विगतमा सबैबाट गल्ति भएको भन्दै विगतका गल्तिबाट पाठ सिकेर आत्मालोचना गर्न पनि नेताहरुलाई सुझाव दिएका छन् ।
‘विगतका गल्तिबाट पाठ सिकौं,आत्मालोचना गरौं । बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं । कसैले जित्ने,कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं’, उनले भनेका छन् ।




प्रतिक्रिया