राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष थापाले कोरोनाबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको बताएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अध्इक्ष थापाले केही दिन यता आफूसंग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।