ओली सरकार अल्पमतमा पर्‍यो, ताजा जनादेशमा जानुपर्छः कमल थापा

ओली सरकार अल्पमतमा पर्‍यो, ताजा जनादेशमा जानुपर्छः कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताएका छन् । आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएको छ ।

उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने वा राजिनामा दिनुपर्ने बताए । उनले यस अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्विकार गरी कांग्रेसले नयकका चुनावको बाटो खोलिदिनु पर्ने बताएका हुन् ।

‘नेकपा सम्वन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब प्रधानमन्त्रीले संसदमा बिश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ । यस अवस्थामा अपवित्र गठवन्धन बनाएर सरकार बनाउन अस्वीकार गरी कंग्रेसले नयकका चुनावको बाटो खोलिदिनु पर्छ’, उनले भने, ‘निवेदकको मागमा मात्र सिमित नरही ‘न्यायिक सक्रियता’को आधारमा सर्वोच्च अदालतले विद्यमान राजनीतिक संकट÷गतिरोध अन्त्यको बाटो देखाईदिएको छ ।’

उनले अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक रहेको बताए । अध्यक्ष थापाले नेपाली कंग्रेस निर्णायक स्थानमा रहेको बताउँदै अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयकका चुनावमा जाने ताजा जनादेश विना कंग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन वा अरुलाई सरकार बनाउन सहयोग नगर्ने हो भने संविधानको धारा ७६(७) बमोजिम स्वतः नयकका चुनावमा जाने अवस्था बन्ने बताए ।

उनले भने, ‘अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक छ । नेपाली कंग्रेस निर्णायक स्थानमा छ–अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयकका चुनावमा जाने ताजा जनादेश विना कंग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन वा अरुलाई सरकार बनाउन सहयोग नगर्ने हो भने संविधानको धारा ७६(७) बमोजिम स्वतः नयकका चुनावमा जाने अवस्था बन्छ । यसले अस्थिरता र अराजकताको अन्त्य गरी प्रजातान्त्रिक मुल्य मान्यता बलियो बनाउने छ ।’