कमल थापा भन्छन्ः प्रचण्डको लाजमर्दो राजनीति

कमल थापा भन्छन्ः प्रचण्डको लाजमर्दो राजनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले माअ‍ोवादी केन्द्रका अध्यक्षले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि लगाएको आरोपबारे असन्तुष्टी पोखेका छन् ।

सोमबार ट्वीटरमार्फत अध्यक्ष थापाले दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अ‍ोलीमाथि लगाएको आरोपपछि आफू आश्चर्यमा परेको बताएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा प्रचण्डको उक्त अभिव्यक्ति लाजमर्दो भएको बताएका छन् ।

‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’, उनले भनेका छन् ।

आइतबार राजधानीमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको अगाडि सजिलै राम्रै लम्पसार पर्नसक्ने नेता भएको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए,‘२०औं, २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पोषित पनि को हो ? भनेर हेर्दा जाँदा सबैले केपी ओली नै देखियो भन्या छन्, र अहिले केपीलाई प्रतिनिधिको रुपमा, त्यो धारको, प्रतिगामी, प्रतिक्रान्तिकारी, गणतन्त्रविरोधी, समावेशीविरोधी, सारमा लोकतान्त्रिक गणतन्त्रलाई नास गर्नसक्ने पात्रको रुपमा उनीहरुले केपीलाई लिएका छन् ।’